Skip to main content

चाबहिलस्थित एक क्याफेमा ठूलो आगलागी

६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलस्थित हाजीपुर चिया क्याफेमा आइतबार अपरान्ह आगलागी भएको छ । आगलागीले क्याफेको पुरै संरचना जलेर नष्ट भएको छ । आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल टोली तत्काल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन सफल भएको थियो । साथै, आगोले नजिकैका अन्य संरचनामा समेत क्षति पुर्याएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ग्यास चुहावटका कारण आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट मानवीय क्षति त भएन तर लाखौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।