Skip to main content

पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

७ वैशाख, पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा भएको उक्त दुर्घटनामा रैनादेवी छहरा–४ अमलाबासका विशाल रानाको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ। भुवनपोखरी झिरवासबाट सामान छाडेर छहरातर्फ आउँदै गरेको लु ५ त १०३५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका विशाल रानालाई तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

दुर्घटनामा ट्याक्टर चालक अमलाबासकै चन्द्र बहादुर बगाले सामान्य घाइते भएका छन्। जिल्ला प्रहरीले दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।