
७ वैशाख, काठमाडौं । ठगीको आरोपमा पेप्सीकोलास्थित स्काई वाल्क टुर्स एण्ड ट्राभल्स प्रालिका सञ्चालक निर्दोष सापकोटा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार पेप्सीकोलाबाट उनलाई पक्राउ गरेको हो। उनले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा उक्त ट्राभल्सको पेज बनाएर वैदेशिक भ्रमणको आश्वासन दिंदै सम्पर्क गर्ने गरेका थिए। थाइल्याण्डको एक हप्ते प्याकेज रहेको भन्दै रकम तिरेर उनले ठगी गरेको प्रहरीले जनाएको छ। अहिलेसम्म उनले २६ जनाबाट १६ लाख ६० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।






