Skip to main content

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ मन्त्रीहरूले ७ दिनभित्र दिनुपर्ने

संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले सात दिनभित्रै दिनुपर्ने नियम प्रतिनिधिसभा नियमावलीको नियम १५ मा उल्लेख गरिएको छ। शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयहरूको जवाफ सात दिनभित्रै सम्बन्धित मन्त्रीले सदनमा दिनुपर्ने व्यवस्था छ। सभामुखले सांसदहरूले पटक पटक समय माग गरेमा आकस्मिक समय प्रदान गर्न सक्ने व्यवस्था पनि छ। ८ वैशाख, काठमाडौं। संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले ७ दिनभित्र दिनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समयसम्बन्धी प्रावधान समेटिएको छ। शून्य र विशेष समय बाहेक अघिल्लो बैठक र नयाँ बैठकबीचको अवधिमा कुनै गम्भीर घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सांसदहरूले पटक पटक समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछ। यसमा भनिएको छ, ‘आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयहरूको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्नेछ।’