
समाचार सारांश रातो मच्छिन्द्रनाथको रथ आज मंगलबारदेखि पुल्चोकबाट तानेर ग:बहाल पुर्याइएको छ। परम्पराअनुसार मच्छिन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुङ्मतीमा राख्ने चलन छ। रथयात्रा ललितपुरका विभिन्न ठाउँहरूमा गरी भोटो देखाई समापन गरिन्छ र मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ। ८ वैशाख, काठमाडौँ। वर्षा तथा सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्ने काम आज मंगलबारदेखि सुरु भएको छ। पुल्चोकबाट रथ तानेर ग:बहाल पुर्याइएको हो। परम्पराअनुसार, मच्छिन्द्रनाथलाई ६ महिनासम्म त:बहाल मन्दिरमा र ६ महिनासम्म बुङ्मतीमा राख्ने चलन छ। रातो मच्छिन्द्रनाथलाई ललितपुर नगर परिवेसन गराउन रथयात्रा सुरु गरिन्छ। नगरका विभिन्न स्थानहरू, जस्तै पुल्चोक, गावहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलसम्म रथ लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ।






