Skip to main content

मानव अधिकार आयोगले सरकारलाई वास्तविक सुकुमवासीको पहिचान र व्यवस्थापन गर्न आग्रह गर्‍यो

मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन्।

आयोगले यस विषयमा विगतमा गरेको सिफारिसको कार्यान्वयनसम्बन्धी जानकारी पनि माग्दै सरकारलाई पत्र पठाएको जनाएको छ। सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ र बस्ती खाली गराउन पनि भनेको छ।