
राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको छ। पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् र ०७९ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
उनीविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो र उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए। प्रहरीले पाण्डेलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासको क्रममा ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।






