Skip to main content

चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश

चेल्सीले एफए कप फुटबलको सेमिफाइनलमा लिड्स युनाइटेडलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाएको छ। २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोलले चेल्सीलाई जित दिलायो। चेल्सीले फाइनलमा म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। १३ वैशाख, काठमाडौं। चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ। आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो। वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्‍यो। खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो। अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ। सिटीले शनिबार राति साउथह्याम्पटलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।