WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

WordPress database error: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

वर्डप्रेस डाटाबेस त्रुटि: [Disk got full writing 'information_schema.(temporary)' (Errcode: 28 "No space left on device")]
SHOW FULL COLUMNS FROM `nw_options`

कोलकाताले सुपर ओभरमा लखनउलाई पराजित गर्‍यो – Space4k Television News Update
Skip to main content

कोलकाताले सुपर ओभरमा लखनउलाई पराजित गर्‍यो

कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई सुपर ओभरमा पराजित गरेको छ। सुपर ओवरमा कोलकाताले २ रनको लक्ष्य १ बलमै पूरा गर्‍यो र लखनउलाई हरायो। कोलकाताका लागि रिंकु सिंहले अविजित ८३ रन बनाए भने मोहसिन खानले लखनउका लागि ५ विकेट लिए। १४ वैशाख, काठमाडौं।

कोलकाता नाइट राइडर्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई सुपर ओवरमा पराजित गरेको छ। आइतबार मध्यराति सम्पन्न खेलमा सिजनको पहिलो सुपर ओभर भएको थियो। सुपर ओवरमा लखनउले दिएको २ रनको लक्ष्य कोलकाताले १ बलमै पूरा गर्‍यो। त्यसअघि निर्धारित २० ओभरमा दुवै टोलीबाट १५५ रन बनेपछि खेल सुपर ओवरमा धकेलिएको थियो। सुपर ओवरमा लखनउका निकोलस पूरन र एइडेन मार्क्रम ब्याटिङमा आएका थिए। कोलकाताका सुनिल नराइनले पहिलो बलमै पूरनलाई बोल्ड गरे भने त्यसपछि कप्तान रिषभ पन्त आएर १ रन लिएपछि मार्क्रम क्याचआउट भए।

२ रनको लक्ष्य पछ्याउन आएका रिंकु सिंह र रोभमन पावेलले १ बलमै लक्ष्य पूरा गरे। रिंकुले पहिलो बलमै चौका प्रहार गरे। सुपर ओभरअघि, कोलकाताले दिएको १५६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएपछि बराबरी भएको थियो। अन्तिम ओभरमा १७ रन चाहिँदा रोचक बन्यो। बलिङमा कार्तिक त्यागी आए, क्रिजमा मोहम्मद शामी र हिम्मत सिंह थिए। पहिलो बलमा मोहम्मद शामीले बाईको १ रन लिए। दोस्रो बलमा कार्तिकले नो बल गरे। तेस्रो बल पनि नो बल हुँदा २ रन लिए। अब ५ बलमा १२ रन आवश्यक थियो। हिम्मतले चौका प्रहार गरे। त्यसपछि आउट भए। त्यसपछि आएका प्रिन्स यादवले १ रन लिएपछि २ बलमा ७ रन चाहिएको थियो। शामीले १ बल डट खेल्दा अन्तिम बल छक्का प्रहार गर्द खेल सुपर ओवरमा पुर्‍याएका थिए। यद्यपी लखनउले त्यसको सदुपयोग भने गर्न सकेन।

कप्तान रिषभ पन्तले सर्वाधिक ४२ रन बनाए भने एइडेन मार्क्रमले ३१ रन बनाए। आयुष बदोनीले २४ रन बनाए। हिम्मत सिंहले १९ रन बनाए। कोलकाताका लागि वैभव अरोरा र वरुण चक्रवर्तीले २-२ विकेट लिए भने अनुकुल रोय, क्यामरन ग्रीन, सुनिल नराइन र कार्तिक त्यागीले १-१ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो। रिंकु सिंहले आक्रामक फिनिसिङ गर्दै ५१ बलमा अविजित ८३ रन बनाए। कोलकाता ९३-७ को अवस्थामा हुँदादेखि रिंकु र सुनिल नराइन मिलेर ६२ रनको साझेदारी बनाए। नराइन ४ रनमा अविजित रहे। रिंकुले अन्तिम ओभरमा दिग्वेश राठीलाई लगातार ४ छक्का प्रहार गरेका थिए। क्यामरन ग्रीनले ३४ रन बनाए भने कप्तान अजिन्क्या रहानेले १० रन बनाए। लखनउका लागि मोहसिन खानले शानदार बलिङ प्रदर्शन गरे। उनले ४ ओभरमा २३ रन दिएर ५ विकेट लिए। जर्ज लिन्डेले १ विकेट लिए। यो जितसँगै कोलकाता ८ खेलमा ५ अंक जोडेर पुछारबाट आठौं स्थानमा उक्लिएको छ भने लखनउ ८ खेलमा ४ अंकसहित पुछारमा झरेको छ।