
१४ वैशाख, काठमाडौं । प्रसूतिको पीडाबाट पीडित एक महिलालाई नेपाल सेनाले उद्धार गरेको छ। ढोरपाटन शिकार आरक्षमा सुरक्षाका लागि खटिएको दुर्गाभञ्जन गुल्मबाट परिचालित टोलीले उक्त उद्धार कार्य गरेको हो। ढोरपाटन-८ स्थित देवीथानका महिलालाई उद्धार गरी सेनाले उनलाई उपचारको लागि ढोरपाटनस्थित सामुदायिक स्वास्थ्य चौकीमा पुर्याएको छ।






