Skip to main content

सप्तरीको बोदेबर्साइनमा शौचालयमा लडेरै सशस्त्र प्रहरी हवलदारको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर सशस्त्र प्रहरी हवलदार जितेन्द्र यादवको मृत्यु भएको छ। यादव बारा जिल्लाको पचरोता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षका थिए। उनी बोदेबर्साइन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी क्याम्पमा कार्यरत थिए।

सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार, हवलदार यादव बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए। घटनाको थप विवरण भने अझै प्राप्त भएको छैन।