Skip to main content

सिंहदरबारभित्र ग्यालरी बैठक भवनको प्रवलीकरण कार्य तीव्रगतिमा जारी

१५ वैशाख, काठमाडौं । सिंहदरबारभित्र रहेको ग्यालरी बैठक भवनको प्रवलीकरण (रेट्रोफिटिङ) कार्य तीव्र गतिमा भइरहेको छ। ललितपुरस्थित प्रेरा निर्माण सेवा प्रालिले उक्त भवनको रेट्रोफिटिङ कार्य गर्दैछ। ग्यालरी बैठक भवन २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजना कार्यान्वयन कार्यालयले सम्बन्धित निर्माण कम्पनीसँग ६ जेठ २०८१ मा सम्झौता गरेको थियो। निर्माण कम्पनीले ६ मंसिरसम्ममा भवनको प्रवलीकरण कार्य सम्पन्न गरिसक्नुपर्नेछ। आयोजनाको अनुमानित लागत करिब ३९ करोड रुपैयाँ छ।