
दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको स्थानीय मिडिया मूलक रिपोर्टमा उल्लेख छ। घाइते भएका अन्य ११ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
आपतकालीन सेवाले उद्धार र राहतका लागि नजिकैको क्षेत्र खाली गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भीर चोट लागेको छ भने अन्यलाई सामान्य चोट लागेको छ। उडानको केही समयपछि विमानले विमानस्थलसँग सम्पर्क गुमाएपछि दुःखद दुर्घटना भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनले एबीसी न्यूजसँग बताए।
दुर्घटनापछि त्यस स्थानमा बाक्लो कालो धुवाँ फैलिएकाले अग्नि नियन्त्रक सेवाले प्रभावित क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न सल्लाह दिएको छ। अस्ट्रेलियाली यातायात सुरक्षा ब्यूरोले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ।






