Skip to main content

हावाहुरीले विद्यालयको छानो उडायो, पठनपाठनमा प्रभाव

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा प्रभाव परेको छ। विद्यालयको कक्षा कोठा भवनको जस्तापाताको छाना उड्दा कक्षा सञ्चालन गर्न कोठाको अभाव देखिएको प्रधानाध्यापक न्याउली छन्त्यालले जानकारी दिए। यस विद्यालयमा कक्षा १० सम्मका करिब २०० विद्यार्थी अध्ययनरत छन्।

अन्नपूर्ण गाउँपालिकाको शिख र घार क्षेत्रमा परेको असिनाले बर्खेबाली र हिउँदे बालीमा पनि क्षति पुर्‍याएको छ। असिनापानीपछि आएको बाढीले सडक, खानेपानी र सिँचाइ संरचनामा समेत क्षति पुगेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। भुरुङ–तातोपानी, दाना, नारच्याङ, शिख, घार र हिस्तान क्षेत्रका जनजीवन हावाहुरी, बर्सात र असिनाको कारण प्रभावित बनेको छ।