Skip to main content

दोस्रो चरणको मतदानमा ९१.७६ प्रतिशत सहभागीता

१६ वैशाख, काठमाडौं । भारतको पश्चिम बंगालमा भइरहेको विधानसभाको निर्वाचनअन्तर्गत दोस्रो चरणको मतदानमा ९१.७६ प्रतिशत मतदान भएको छ । आज १४२ सिटका लागि मतदान सम्पन्न भएको हो । भारतीय निर्वाचन आयोगका अनुसार ती १४२ सिटका कुल ३ करोड २१ लाख मतदाता थिए । तीमध्ये एक करोड ६४ लाख पुरुष, एक करोड ५७ लाख महिला र ७९२ तेस्रोलिंगी मतदाता रहेका छन् । यसअघि पहिलो चरणको मतदान अप्रिल २३ मा सम्पन्न भएको थियो ।