Skip to main content

धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्

१८ वैशाख, जनकपुरधाम। धनुषाबाट १३७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरु धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका २६ वर्षीय गणेशकुमार यादव र ४३ वर्षीय जितेन्द्रकुमार यादव हुन्। शुक्रबार बिहान साढे ४ बजेको समयमा लक्ष्मीपुरको बर्थिङ सेन्टर नजिक प्लास्टिकले बेरेर राखिएको ५ (पाँच) वटा बोरामा रहेको गाँजा बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए। दुवै जनालाई १३७ किलो गाँजासहित भारतीय नम्बर प्लेट बीआर ३२ डी ५८९२ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। साथमा रहेको २ थान मोबाइल सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।