Skip to main content

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो

नेपाली कांग्रेसले वैशाख २१ गते सानेपामा दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आग्रह गरिएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको एजेन्डाबारे जानकारी गराएको छैन। १९ वैशाख, काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख २१ गते (सोमबार) बस्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा, सोमबार दिउँसो १ बजे बैठक बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनुरोध गरिएको छ। बैठकका एजेन्डाबारे कुनै सूचना सार्वजनिक गरिएको छैन।