
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य सागर ढकालले वैशाख २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी कार्यालय बनस्थलीमा सभापति रवि लामिछानेसँग उनले शपथ लिएका हुन्।
वैशाख ७ गते सम्पन्न केन्द्रीय समिति बैठकले सचिवालय सदस्य थप गरी कुल सदस्य संख्या १६ पुर्याएको थियो। ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्य नियुक्त गर्ने सभापति लामिछानेको प्रस्ताव उक्त बैठकमा पारित भएको थियो। यसरी रास्वपाको सचिवालय १६ सदस्यीय बनेको छ।






