
२१ वैशाख, काठमाडौं। पश्चिम बङ्गाल विधानसभा निर्वाचनको मत गणना जारी रहेको क्रममा सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले सत्तारुढ तृणमूल कांग्रेस (टीएमसी)लाई पछि पारी अग्रता लिएको छ। चुनावी प्रचारका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले झालमुरी खाएर चर्चामा आएको झाड़ग्राम निर्वाचन क्षेत्रमा भाजपाका लक्ष्मी कान्त सावले करिब ८ हजार मत अन्तरले अग्रता हासिल गरिरहेका छन्। सावले २९ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् भने टीएमसीका मंगल सारेन उनको पछि लागिरहेका छन्। २९४ सिटमध्ये अधिकांशमा भाजपाको यो प्रारम्भिक पकड देखिएको छ तर मत गणनाका अन्य चरणहरू अझै बाकी रहेकाले परिणाममा फेरबदल हुने सम्भावना छ।






