कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्यहरूको नियुक्ति

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका ३९ सदस्यहरू उपसभापति विश्वप्रकाश शर्माले नियुक्त गरेका छन्। उक्त नियुक्ति पार्टीको विधान, २०१७ को धारा ३६ (१) (ग) अनुसार गरिएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले यो जानकारी दिएका छन्। २२ वैशाख, काठमाडौं।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यहरूको नियुक्ति सम्पन्न भयो। प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति विश्वप्रकाश शर्माले ३९ सदस्यहरूलाई नियुक्ति गरेका छन्। पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) अनुसार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्यमा उपसभापति शर्माले नियुक्त गरिएको जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन्।
नियुक्त सदस्यहरू यस प्रकार छन् : १. श्री मधु आचार्य — काभ्रेपलाञ्चोक २. डा. गोपाल दहित थारू — बर्दिया ३. श्री अञ्जु झा — रौतहट ४. श्री उमेश श्रेष्ठ — ललितपुर ५. प्रा.डा. गोविन्दराज पोखरेल — प्युठान ६. श्री मीन भाम — मुगु ७. डा. अञ्जनीकुमार झा — महोत्तरी ८. डा. यादव पण्डित — प्रवास ९. श्री बद्री सिग्देल — बर्दिया १०. श्री गोपालप्रसाद पोखरेल — सुनसरी ११. श्री श्रवण मुकारुङ — भोजपुर १२. श्री मोहना अन्सारी — बाँके १३. श्री महेन्द्रप्रसाद यादव — सप्तरी १४. श्री श्रीप्रसाद भलामी मगर — गुल्मी १५. श्री विनोद दास — बारा १६. ई. दिपेश विष्ट — काठमाडौं १७. डा. कृष्णप्रसाद पौडेल — कास्की १८. श्री प्रकाश लामिछाने — सुर्खेत १९. श्री सूर्यमाराज राई — मोरङ २०. श्री मनबहादुर थापा — चितवन २१. श्री विमला राई — खोटाङ २२. श्री राकेश सिंह — पर्सा २३. श्री नरेन्द्र पासवान — रौतहट २४. श्री दक्ष पौडेल — काठमाडौं २५. श्री कञ्चन झा — पर्सा २६. श्री सुमित शर्मा ‘समीर’ — धनुषा २७. श्री खगेन्द्र आचार्य — काठमाडौं २८. डा. डी.बी. सुनार — अछाम २९. श्री रोशनी गिरी — काठमाडौं ३०. श्री जनक चटौत — डडेल्धुरा ३१. श्री डोलराज भुसाल — स्याङ्जा ३२. श्री अमृत ज्ञवाली — गुल्मी ३३. श्री एलिजा ढकाल — तनहुँ ३४. श्री प्रकृति भट्टराई — काठमाडौं ३५. श्री कैलाश के.सी. — सोलुखुम्बु ३६. श्री स्वीकृति पौडेल — काठमाडौं ३७. श्री उमंग लोहनी — चितवन ३८. श्री गोकुल लिम्बू — ताप्लेजुङ ३९. श्री प्रमेश खनाल — काठमाडौं






