
२४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै सकिने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमसम्बन्धी सम्झौताको प्रयासमा रहेको पनि बताए ।
सीएनएनका अनुसार, इरानले बिहीबार मध्यस्थकर्तालाई अमेरिकी प्रस्तावबारे आफ्नो जवाफ दिने तयारीमा छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो विचार व्यक्त गर्ने बताएका छन् । स्रोतका अनुसार अमेरिका र इरान दुवै देश युद्ध अन्त्यका लागि सम्झौतामा अघि बढिरहेको बताइएको छ । इरानले हाल अमेरिकाको प्रस्तावमा विचार–विमर्श भइरहेको जानकारी दिएको छ ।






