
२५ वैशाख, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले दबाबको सामना गर्दा पनि नझुक्ने बताएका छन्। अमेरिकाले स्ट्रेट अफ होर्मुजमा रहेको इरानी सैन्य अड्डामाथि आक्रमण गरेपछि शुक्रबार प्रतिक्रिया दिँदै विदेशमन्त्री अराघचीले भने कि जब कूटनीतिक समाधानको प्रयास भइरहेकै बेला अमेरिका खतरनाक सैन्य आक्रमण गर्ने प्रवृत्ति देखाउँछ र त्यस्ता दबाबले इरानलाई नझुक्ने स्पष्ट पारेका छन्।
‘के यो केवल सानो दबाब सिर्जना गर्ने रणनीति हो?’ अराघचीले प्रश्न सोध्दै लेखेका छन्, ‘वा यो कुनै विध्वंसकारी योजना हो, जसले फेरि अमेरिकी राष्ट्रपतिलाई नयाँ संकटमा धकेलिरहेको छ?’ उनले भने कि चाहे कारण जे भए पनि नतिजा सधैं एउटै प्रकारको आउनेछ। ‘र त्यो हो कि इरान दबाबको अगाडि कहिल्यै पनि नझुक्ने छ,’ उनले बताए।
अराघचीले अमेरिकी खुफिया एजेन्सी सीआईएले इरानमा मिसाइल भण्डार सम्बन्धी लगाएको अनुमान गलत रहेको समेत बताउँदै, ‘हाम्रो मिसाइल भण्डार र लन्चर क्षमता २८ फेब्रुअरीको तुलनामा ७५ प्रतिशत कम छैन। सही आँकडा १२० प्रतिशत हो,’ दाबी गरेका छन्।






