
सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवल्दार अनिता कार्कीले ३ जेठ २०७९ मा सगरमाथाको सफल आरोहण गरेका छन्। अनिता कार्कीले बिहान १० बजेर २० मिनेटमा र निम डिक्की शेर्पाले ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए। कार्की सशस्त्र प्रहरीकी पहिलो महिला आरोही हुन्।
शेर्पा र कार्कीको अभियानमा शेर्पा निमा साङ्गे शेर्पा र टासी ग्याल्जेन शेर्पा मार्गदर्शक थिए। उनीहरू सशस्त्रको तर्फबाट सगरमाथा आरोहण गर्ने तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो। कार्कीले चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्।

