
कुवेत एयरवेजले पश्चिम एसियामा भएको युद्धपछि रोकिएको काठमाडौं-कुवेत उडान पुनः सुरु गर्ने निर्णय गरेको छ। कम्पनीले मंगलबार र बिहीबार उडान गर्ने तालिका सार्वजनिक गर्दै हरेक सातामा दुई उडान चलाउने जानकारी दिएको छ। यस उडानको न्यूनतम भाडा ९ सय ११ अमेरिकी डलर तोकिएको छ।
कुवेतमा धेरै नेपाली कामदारहरू रहेको हुँदा उडान पुनः सुरु हुनु उनीहरूको आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ। कुवेत एयरवेजले काठमाडौं-कुवेत रुटमा उडान पुनः सुरु गर्न लागेको हो। यसअघि पश्चिम एसियामा भएको युद्धका कारण कुवेत-काठमाडौ उडान रोकिएको थियो।
कुवेतले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार, काठमाडौं-कुवेत रुटको एकतर्फी भाडा १ लाख ४० हजार रुपैयाँ हाराहारीमा रहेको छ। कुवेत धेरै नेपाली कामदार रहेका देशहरू मध्ये एक हो र यहाँबाट कुवेत एयरवेज र जजिरा एयरवेजले नियमित काठमाडौं उडान संचालन गर्दै आएका थिए।

