Skip to main content

मोबाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे र महासचिवमा छतेन्द्र आचार्य चयन

नेपाल मोबाइल व्यवसायी महासंघको अध्यक्षमा रमेश घिमिरे आगामी दुई वर्षका लागि चयन भएका छन्। महासंघको तेस्रो महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ, जहाँ १५ सय प्रतिनिधिहरू सहभागी थिए। महाधिवेशनमा वरिष्ठ उपाध्यक्षदेखि सहकोषाध्यक्षसम्मका पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका थिए।

निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार, वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ, ७ जना उपाध्यक्षमा उदयबहादुर केसी, दिलबहादुर लामा, सुवास बम, दिपक पाण्डे, दिपकबाबु बोगटी, बद्री कुँवर र शुरेस बानियाँ चयन भएका छन्। महासचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ, सचिवहरूमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की नियुक्त भएका छन्। सहकोषाध्यक्षमा रुद्रमणि धिताल चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिले आजै आफ्नो पदभार ग्रहण गरेको महासचिव छतेन्द्र आचार्यले जानकारी दिएका छन्। महाधिवेशनमा अध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मात्रै निर्वाचन भएको थियो, अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध चयन भएका थिए।