Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

वीरगञ्जबाट दुर्गा प्रसाईं पक्राउ परे

Advertisement800×200-1

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीरगञ्जको दियोलो होटलबाट प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतले उनलाई ‘माथिको आदेश’ अनुसार पक्राउ गरिएको पुष्टि गरेका छन्। पक्राउको कारणबारे प्रहरीले जानकारी दिएका छैनन्। ४ जेठ, काठमाडौं।

प्रसाईं वीरगञ्जबाट पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई दियोलो होटलबाट पक्राउ गरिएको हो। प्रहरीले उनलाई ‘माथिको आदेश’ भन्दै पक्राउ गरेको हो। प्रहरी स्रोतले पक्राउ पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे जानकारी दिएका छैनन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए। वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर