
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ। सचिवालय बैठकबाट पारित प्रस्तावअनुसार पाललाई ओलीको सचिवालयको जिम्मेवारी तोकिएको हो। पालले अध्यक्षको सचिवालयको साथै नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि पाएकी छन्। ७ जेठ, काठमाडौँ।
युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन्। अध्यक्षको सचिवालय बाहेक नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि तोकिएको छ।

