Skip to main content

संविधान संशोधनका लागि बहसपत्र कार्यदल र राजनीतिक दलका नेताबीच छलफल सुरु

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ। प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको कार्यदलले प्रधानमन्त्री कार्यालयमा सुझाव संकलनका लागि छलफल गरेको हो।

छलफलमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टीका केशव झाल लगायतका नेताहरु सहभागी रहेका छन्। ७ जेठ, काठमाडौं। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजनीतिक दलका नेताहरुको सहभागीता जुटाएर छलफल गरेको हो।