पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको बेइजिङ भ्रमण, ट्रम्प र पुटिनपछि

७ जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ चीन भ्रमणमा आउँदैछन्। उनी मे २३ देखि २६ सम्म चार दिनको चीन भ्रमणमा रहनेछन् र अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले यसबारे जानकारी गराएका छन्। चीन पुगेपछि प्रधानमन्त्री सरिफले चिनियाँ राष्ट्रपति सी जिनपिङ् र प्रधानमन्त्री ली कियाङसहित अन्य वरिष्ठ नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ।
चिनियाँ प्रधानमन्त्रीको निमन्त्रणामा पाकिस्तानी प्रधानमन्त्रीको बेइजिङ भ्रमण तय भएको कुरा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गु जियाकुनले पनि पुष्टि गरेका छन्। प्रवक्ता जियाकुनका अनुसार, यस भ्रमणका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, साझा हित तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयमा छलफल हुने जनाएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यसपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै बेइजिङ भ्रमण गरेका थिए। उनीहरूका भ्रमणपछि बेइजिङले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई पनि निमन्त्रणा गरेको हो।

