
फिफा विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट पुरस्कार प्रदान गरिन्छ। यो पुरस्कार सन् १९८२ देखि सुरु गरिएको हो। सन् २०२२ को विश्वकपमा किलियन एमबाप्पेले ८ गोल गर्दै यो पुरस्कार जितेका थिए र अहिलेसम्म कुनै खेलाडीले यो पुरस्कार फेरि जित्न सकेका छैनन्। ७ जेठ, काठमाडौं। फिफा विश्वकप २०२६ नजिकिदै गर्दा विश्वकप उपाधि कोले जित्ला र कुन खेलाडीले बढी गोल गर्नेछ भन्ने विषयमा चासो बढिरहेको छ।
विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई अवार्ड स्वरूप ‘गोल्डेन बुट’ दिइन्छ। यदि समान गोल गर्ने एकभन्दा बढी खेलाडी भएमा कम समय खेलेको खेलाडीले पुरस्कार पाउने नियम छ। दोस्रो स्थानमा आउने खेलाडीलाई सिल्भर बल र तेस्रो स्थानमा आउने खेलाडीलाई ब्रोंज बल दिइन्छ। फिफा विश्वकप सन् १९३० देखि सुरु भएपनि गोल्डेन बुट पुरस्कार सन् १९८२ मा स्पेनमा भएको १२ औं संस्करणबाट सुरु गरिएको हो।
सन् १९८२ मा पहिलो पटक गोल्डेन बुट पुरस्कार इटालीका पाओलो रोसीले जितेका थिए। उनले त्यो विश्वकपमा सर्वाधिक ६ गोल गरे। त्यसयता प्रत्येक संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यो पुरस्कार दिइदै आएको छ। सन् १९८२ देखि एडिडास गोल्डेन शुको नाममा यो पुरस्कार दिइन्छ। पछिल्लो पटक सन् २०२२ मा कतारमा भएको विश्वकपमा फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले ८ गोल गर्दै गोल्डेन बुट पुरस्कार जितेका थिए। यो वर्षको विश्वकप जुन ११ देखि संयुक्त रूपमा अमेरिका, मेक्सिको र क्यानडामा हुनेछ र गोल्डेन बुट पुरस्कार कसले जित्नेछ भनेर जुलाई १९ सम्म पर्खनुपर्ने हुन्छ।
गोल्डेन बुट पुरस्कार विजेता खेलाडीहरू:
१९८२ पाओलो रोसी (इटाली)– ६ गोल
१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड)– ६ गोल
१९९० साल्भाडोर सिलाची (इटाली)– ६ गोल
१९९४ ओलेग सालेन्को (रुस)– ६ गोल
१९९८ डेवोर सुकर (क्रोएशिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल
२००२ रोनाल्डो (ब्राजिल)– ८ गोल
२००६ मिरोस्लाव क्लोजे (जर्मनी)– ५ गोल
२०१० थोमस मुलर (जर्मनी)– ५ गोल
२०१४ जेम्स रोड्रिगेज (कोलम्बिया)– ६ गोल
२०१८ ह्यारी केन (इंग्ल्याण्ड)– ६ गोल
सर्वाधिक गोल गर्ने अन्य संस्करणका खेलाडीहरू:
१९३० गुइलेर्मो स्टाबिल (अर्जेन्टिना)– ८ गोल
१९३४ ओल्ड्रिच नेजेडली (चेकोस्लोभाकिया)– ५ गोल
१९३८ लियोनिदास (ब्राजिल)– ७ गोल
१९५० एडेमिर (ब्राजिल)– ८ गोल
१९५४ सान्डोर कोसिस (हंगेरी)– ११ गोल
१९५८ जस्ट फोन्टेन (फ्रान्स)– १३ गोल
१९६२ प्लोरिन अल्बर्ट (हंगेरी), भालेन्टिन इभानोभ (रुस), गरिंचा र भाभा (ब्राजिल), ड्राजन जेर्कोभिच (युगोस्लाभिया), लियोनेल सान्चेज (चिली)– ४ गोल
१९६६ युसेबियो (पोर्चुगल)– ९ गोल
१९७० गर्ड मुलर (पश्चिम जर्मनी)– १० गोल
१९७४ ग्रेगोरज लाटो (पोल्याण्ड)– ७ गोल
१९७८ मारियो केम्पस (अर्जेन्टिना)– ६ गोल

