
इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा एस्टन भिल्लाले म्यान्चेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको छ। खेलको २४औं मिनेटमा सिटीका एन्टोइन सेमेन्योले अग्रता दिलाए तापनि भिल्लाका ओली वाट्किन्सले दुई गोल गर्दै टोलीलाई विजयी बनाएका छन्। यस हारपछि दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटी ७८ अंकमा सीमित भएको छ भने एस्टन भिल्ला ६५ अंकसहित चौथो स्थानमा रहेको छ। १० जेठ, काठमाडौं। इंग्लिस प्रिमियर लिग सिजनको अन्तिम खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमा एस्टन भिल्लासँग पराजय व्यहोरेको छ। आइतबार राति सम्पन्न खेलमा सिटीलाई भिल्लाले २-१ गोलले हरायो। सुरुवाती अग्रता लिएका सिटीले त्यसलाई बचाउन सकेन। खेलको २४औं मिनेटमा एन्टोइन सेमेन्योले गोल गर्दै सिटीलाई अग्रता दिलाए। दोस्रो हाफमा भिल्लाका ओली वाट्किन्सले ४६औं र ६१औं मिनेटमा गोल गर्दै सिटीलाई पराजित बनाए। हारपछि दोस्रो स्थानमा रहेको सिटी ३८ खेलमा ७८ अंकमा सीमित रह्यो भने भिल्ला ६५ अंकसहित चौथो स्थानमा सिजन समाप्त भयो।

