
महिलाहरू पुरुषहरूको तुलना किन बढी वर्षे हुन्छन्
विश्वभर महिलाहरूको आयु पुरुषहरूको तुलनामा लगभग पाँच वर्षले बढी हुन्छ। जीवनशैली र बानीहरूमा भिन्नता बाहेक, महिलाहरू र पुरुषहरूबीच केही जैविक र क्रमविकास सम्बन्धी फरकहरू पनि छन् जसका कारण महिलाहरू पुरुषहरूको भन्दा बढी बाँच्छन् भनी वैज्ञानिकहरूले ठहर गरेका छन्। यो प्रवृत्ति मानवजातिमा मात्र सीमित नरहेको, अन्य स्तनपायी प्रजातिहरूमा समेत पोथीहरू बढी बाँच्ने देखिने गरेका छन्, उनीहरूले औँल्याएका छन्।

