Skip to main content

ऋषभ पन्तले लखनउ सुपर जायन्ट्सको अन्तिम स्थानपछि कप्तानी छाडे

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लखनउ सुपर जायन्ट्सले अंक तालिकाको पुछारमा रहेपछि कप्तान ऋषभ पन्तले नेतृत्वबाट राजीनामा दिएका छन्। पन्तको राजीनामा स्वीकृत गर्दै लखनउले भने, “ऋषभले यो अनुरोधसहित फ्रेन्चाइजलाई सम्पर्क गरेका थिए र हामीले यसलाई सम्मानपूर्वक स्वीकार गरेका छौं।” २७ करोड रुपैयाँको उचालो मूल्यमा अनुबन्ध भएका पन्तको कप्तानीमा लखनउले दुई सिजनमा १० जित र १८ हार भोगेको थियो।

१५ जेठ, काठमाडौं। पन्तले शुक्रबार आफ्नो निर्णयको जानकारी फ्रेन्चाइजलाई दिएको लखनउले सामाजिक सञ्जालमार्फत पुष्टि गरेको छ। ‘ऋषभले यस अनुरोधसाथ फ्रेन्चाइजसँग सम्पर्क गरेका थिए र हामीले सम्मानपूर्वक यसलाई स्वीकार्य गरेका छौं’ क्रिकेट निर्देशक टोम मूडी सहित क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन्। कप्तानको रूपमा ऋषभले यस ड्रेसिङ रुममा पुर्‍याएको सबै कुराको हामी आभारी छौं।’

आईपीएल २०२६ सिजनमा लखनउले १४ मध्ये ४ खेलमा मात्र जित हासिल गर्दै अंकतालिकाको पुछारमा रहेर सिजन समाप्त गरेको थियो। गत संस्करणमा २७ करोड सम्झौतामा अनुबन्ध भएका पन्तले २०२५ र २०२६ को सिजनमा लखनउको कप्तानी सम्हालेका थिए। उनका नेतृत्वमा लखनउले १० खेल जितेको र १८ मा हार बेहोरेको थियो। अघिल्लो सिजनमा सातौं र हालको सिजनमा अन्तिम स्थानमा रहेको लखनउको प्रदर्शन निराशाजनक रह्यो। पन्तको व्यक्तिगत प्रदर्शन पनि दुवै सिजनमा कमजोर रहेको थियो। उनले २०२५ सिजनमा २६९ रन र हालको सिजनमा ३१२ रन बनाए।