Skip to main content

नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश

समाचार सारांश समीक्षा गरिएका तथ्याङ्कहरु। श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो खेलमा भुटानलाई हराएको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को विजेता बनेको हो। नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुङ्गो आज हुने भारत र बंगलादेशबीचको खेलपछि लाग्नेछ। १७ जेठ, काठमाडौं – श्रीलंकालाई २-० ले हरााउँदै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ। लगातार दोस्रो जितपछि नेपाल समूह ए को विजेता बनेर सेमिफाइनल पुगेको हो। पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो। अब नेपाल समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ। समूह ‘बी’ अन्तर्गत आज भारत र बंगलादेशबीच हुने खेलपछि नेपालको सेमिफाइनलमा प्रतिस्पर्धी टुङ्गो लाग्नेछ। आजको खेलमा नेपालका लागि बिर्सना चौधरीले पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यू पनि गरिन्।