
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १८ जेठदेखि टोलीसहित भारत भ्रमणमा जान लाग्नुभएको छ। भ्रमण टोलीमा सांसदहरू विपिन आचार्य र दिपक बोहरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी हुने प्रवक्ता मनिष झाले बताउनुभएको छ। यो भ्रमण भारतीय जनता पार्टीका नितिन नवीनको निमन्त्रणामा हुन लागेको प्रवक्ता झाले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ। १७ जेठ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक जानकारी दिएको छ। पार्टी प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै भोलि सुरु हुन लागेको भ्रमणबारे जानकारी गराएका छन्। जारी विज्ञप्तिअनुसार, लामिछानेसँगै रास्वपा सांसदहरू विपिन आचार्य र दिपक बोहरा पनि भ्रमणमा सहभागी हुनेछन्। त्यसै गरी, रविको पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि उक्त भ्रमणमा सहभागी हुने विज्ञप्तिमा जनाइएको छ। लामिछाने भोलि भारत जानुहुनेछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उक्त टोली भ्रमणमा जान लागेको भाजपाले पनि विज्ञप्तिमार्फत जनाएको छ।






