अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक एआई चिप बेच्न प्रतिबन्ध लगाए

अमेरिकी वाणिज्य विभागले आइतबार एक आकस्मिक निर्देशन जारी गरी चीन बाहिर रहेका चिनियाँ कम्पनीका सहायक इकाइहरूलाई एआई चिप्स निर्यात गर्ने ‘दिलासा’ बन्द गरेको छ। अमेरिकाले चिनियाँ कम्पनीहरूलाई अत्याधुनिक सेमिकन्डक्टर प्राप्त गर्नबाट रोक लगाउँदा मलेसिया जस्ता देशहरूमा रहेका चिनियाँ एआई फर्मका सहायक कम्पनीहरूले ती चिप्स किन्ने गरेको आशंकाको आधारमा यस कदम चालिएको हो।
वासिङ्टनमा ‘दिलासा’ सम्बन्धी एउटा अज्ञात प्रतिवेदन सार्वजनिक हुँदा वाणिज्य विभागको ‘ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी’ ले यो नयाँ निर्देशन जारी गरेको हो। रोयटर्सले प्राप्त गरेको उक्त प्रतिवेदनमा अत्याधुनिक चिप्स निर्यातका लागि ‘चोर बाटो खुलेको’ उल्लेख छ। ट्रम्प प्रशासनले उक्त बाटो खुलेको एक वर्षमा कति चिप्स निर्यात भए भन्ने पूर्णरूपमा खुलासा नगरे पनि चिप उद्योगका एक विशेषज्ञले यसको संख्या लाखौँ हुन सक्ने अनुमान गरेका छन्।
नयाँ निर्देशन अनुसार, चीनमा मुख्यालय रहेका र चीन बाहिर संचालन हुने चिनियाँ मातहतका इकाइहरूलाई उन्नत चिप्स बेच्नका लागि अनिवार्य रूपमा निर्यात अनुमति पत्र लिनुपर्ने बितरणलाई निर्देशन दिइएको छ। ब्यूरोका प्रवक्ताले सन् २०२३ देखि नै लागू भएको निर्यात अनुमति आवश्यकतामा यस निर्देशनले थप स्पष्टता ल्याएको बताउँदै अमेरिकी प्रविधिको संरक्षणका लागि कडा निर्यात नियन्त्रण जारी राख्ने बताएका छन्। एनभिडियाका एक अधिकारीले वाणिज्यले पहिले नै अनुमति पत्रको दायरा स्पष्ट पारिसकेकोले नयाँ निर्देशनले ठुलो फरक नपर्ने बताएका छन्। अर्काे प्रमुख चिप निर्माता कम्पनी एएमडीले यस विषयमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।






