Skip to main content

सिन्धुली-१ का सांसद दाबी गर्ने लोकबहादुर तामाङ पक्राउ

आफूलाई सांसद धनेन्द्र कार्की दाबी गर्दै प्रहरीलाई दबाब दिने सिन्धुलीका लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका तामाङविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ७ दिनको म्याद दिएको छ।

१८ जेठ, काठमाडौं। आफू सांसद हुँ भन्दै ट्राफिक प्रहरीसहितलाई अनुचित दबाब दिने व्यक्ति पक्राउ परेका छन्। आफूलाई सिन्धुली क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्की बताउँदै ट्राफिक प्रहरीलगायत विभिन्न व्यक्तिलाई फोनमार्फत दबाब दिने, कामकारबाहीमा अनुचित प्रभाव पार्ने खोज्ने सिन्धुली कमलामाई नगरपालिका-७ माझिटारका लोकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी निरीक्षक उज्वल कार्कीका अनुसार जेठ १४ गते पक्राउ परेका उनलाई अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।