
जापानमा आयोजना हुन लागेको एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली छनोट भएको छ। एसियन गेम्स छनोट अन्तर्गत, मलेसियाले चीनलाई पराजित गरेपछि समूह ‘ए’ बाट नेपाल र मलेसिया प्रतियोगिताका लागि छनोट भएका छन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग पराजित भएसँगै एसियन गेम्समा छनोट हुन सकेन। १९ जेठ, काठमाडौं। नेपाली पुरुष क्रिकेट टोली जापानमा हुन लागेको एसियन गेम्सका लागि छनोट भएको छ। एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ‘ए’ को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि, मलेसियासँगै नेपाल पनि छनोट भएको हो। छनोट प्रतियोगितामा ७ टोली सहभागी थिए र तिनीहरूलाई दुई समूहमा विभाजन गरिएको थियो। हरेक समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था छ भने सेमिफाइनल पुग्ने चार टोलीले एसियन गेम्समा स्थान पाउनेछन्। नेपालको समूहमा मलेसिया र चीनका टोलीहरू मात्र थिए। कतारले नाम फिर्ता लिएपछि, नेपाल र मलेसियाले एक-एक खेल जितेपछि शीर्ष २ टोली निश्चित भएको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको छ। अब बिहीबार नेपाल र मलेसिया समूह विजेताको लागि प्रतिस्पर्धा गर्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर एसियन गेम्सका लागि छनोट हुन असफल भएको थियो।






