Skip to main content

गलत बयान दिने विरुद्ध मुद्दा दायर

१९ जेठ, काठमाडौं । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा प्रतिकूल बयान दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी त्रिवेणी गाउँपालिका–७ का ईश्वरीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ऋण उपलब्ध गराएको सेवाग्राहीसँग ५० लाख रुपैयाँ घुस लिएको अभियोगमा चन्द्रबहादुर अधिकारी विरुद्धको मुद्दा विशेष अदालतमा सुनुवाइ भइरहेको छ। उक्त मुद्दामा साक्षीका रूपमा उपस्थित गौतमले प्रतिकूल बयान दिएको आयोगको दाबी छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, गलत बयान दिएका गौतमलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।