Skip to main content

लंका प्रिमियर लिगमा ‘इम्प्याक्ट प्लेयर’ नियम लागू हुने

श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा पहिलो पटक ‘इम्प्याक्ट प्लेयर’ नियम लागू हुने भएको छ। यस नियम अन्तर्गत प्रत्येक टोलीले खेलभर कम्तीमा एक जना २३ वर्षमुनिका खेलाडीलाई मैदानमा राख्नुपर्नेछ। इम्प्याक्ट प्लेयरको अवधारणा हाल भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लागू हुँदै आएको छ, जसमा टिमले एक खेलाडीलाई प्रतिस्थापन गरेर अर्को खेलाडीलाई खेलाउन पाउने प्रावधान रहन्छ।

सोमबार कोलम्बोमा सम्पन्न एलपीएल ड्राफ्टमा यी दुई नियम टोली छनोटका प्रमुख विषय बने। अब इम्प्याक्ट खेलाडी प्रयोग गरेपछि पनि टोलीमा एक जना २३ वर्षमुनिका खेलाडी अनिवार्य रूपमा मैदानमा हुनुपर्नेछ। यसले फ्रेन्चाइजहरूलाई अनुभवी र युवा खेलाडीबीच सन्तुलन मिलाउन बाध्य बनाउनेछ।

ड्राफ्टबाट तीन नेपाली खेलाडी अनुबन्ध भएका छन्। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एससी जफना किङ्समा र कुशल भुर्तेल कोलोम्बो क्याप्समा अनुबन्ध भएका छन्। ड्राफ्टका क्रममा श्रीलंकाका ओपनर पथुम निसान्का र तीव्र गतिका बलर मथिसा पथिराना चोटग्रस्त रहेको जानकारी पनि सार्वजनिक गरिएको थियो। एलपीएलका पाँच टोलीमध्ये चार टोली नयाँ मालिक र प्रशिक्षकसहित मैदान उत्रिने भएका छन्। जाफ्ना अब एससी जाफ्ना किंग्स, गालेको टोली गाले ग्यालेन्ट्स, क्यान्डीको क्यान्डी रोयल्स र कोलम्बोको टोली कोलम्बो क्याप्सका नामले प्रतिस्पर्धा गर्नेछन्।