Skip to main content

सशस्त्र प्रहरी मुख्यालय हल्चोकस्थित एमटी शाखामा आगलागी, केही गाडी जल्न गएको

सशस्त्र प्रहरी मुख्यालय हल्चोकस्थित सवारी शाखामा बुधबार साँझ विद्युत सर्ट भएर आगलागी भएको छ। सशस्त्र प्रहरीका अनुसार, आगलागीका कारण त्यहाँ रहेका केही गाडीहरू जलेर नष्ट भएका छन्। २० जेठ, काठमाडौं। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले आगलागीको घटनाको जानकारी गराउँदै भने, “केही क्षति भएको छ। आगो अहिले नियन्त्रणमा आइसकेको छ।”