
नेपालका लागि सीता राना मगरले सबैभन्दा धेरै ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रन जोडिन्। स्कोर ६७-७ रहेको अवस्थामा सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए। एसीसी महिला प्रिमियर कपको दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो। २१ जेठ, काठमाडौं। एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई ११४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै १० विकेट गुमाएर ११३ रन बनाएको हो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ तथा रुबिना क्षेत्रीले २४ रन जोडिन्। ६७-७ को अवस्थामा रहेको नेपालको लागि सीता र रुबिनाले ४० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडिन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले ३-३ तथा अन्जु गुरुङले २ विकेट लिए।






