Skip to main content

दावा शेर्पा : सगरमाथामा हराएपछि आठ दिनपछि फेला परेका पथप्रदर्शक

सगरमाथामा सम्पर्कविहीन भएका सातौँ दिनमा फेला परेका पथप्रदर्शक दावा शेर्पालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ। अहिले उनी एउटा निजी अस्पतालको ICU मा राखिएका छन्। हिमाल सफा गर्न गएको टोलीले बिहीबार बिहान उनलाई ‘खुम्बु आइसफल’ क्षेत्रबाट देखेपछि तत्काल बोकेर गोरक्षेपतिर ओरालेका सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) का प्रमुख कार्यकारी छिरिङ शेर्पाले बताउनुभयो।

उनका अनुसार फेला पर्दा दावा शेर्पा “बोल्न सक्ने अवस्थामा थिएनन्” र उनका दुई हात हिउँले च्यापिएका थिए। पछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनी ओखलढुङ्गाका हुन्। “यो एक प्रकारको ‘सेल्फ-रेस्क्यू’ हो। दावाले आफैंलाई यत्रो दिनसम्म बचाएर राख्नुभयो। यो साँच्चिकै चमत्कार जस्तै हो,” उद्धारमा संलग्न ATK (8K) एक्स्पिडिसन्सका कार्यकारी निर्देशक पेमा शेर्पाले बताए।