
फिफा विश्वकप २०२६ को तयारीअन्तर्गत खेलाइएको मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गर्यो। आइभरी कोस्टका गुएला डुएले एक गोल गरे भने अमाद डियालोले निर्णायक गोल गर्दै टोलीलाई जीत दिलाए। फ्रान्सका रायन चेर्कीले सुरुवाती गोल गरेका थिए, तर आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। २२ जेठ, काठमाडौं।
आइभरी कोस्टले फ्रान्समाथि ऐतिहासिक जीत दर्ता गरेको छ। फिफा विश्वकप २०२६ को पूर्वावलोकन स्वरूप खेलिएको यस मैत्रीपूर्ण खेलमा आइभरी कोस्टले फ्रान्सलाई २–१ को गोल अन्तरले पराजित गरेको हो। आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै सनसनीपूर्ण जित हासिल गर्यो। नान्टेसमा सम्पन्न यस खेलमा गुएला डुए मुख्य पात्रका रूपमा चम्किए, जसले एक गोल गर्नसंगै अर्को गोलको अवसर सिर्जना गरे। यो जितलाई अझ विशेष बनाएको कुरा डुए फ्रान्स तथा पेरिस सेन्ट जर्मेनका स्टार डिजायर डुको भाइ हुनु हो।
उनी आफ्नो भाइको राष्ट्रिय टोलीविरुद्ध निर्णायक भूमिका निर्वाह गरे। फ्रान्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। रायन चेर्कीले शानदार गोल गर्दै टोलीलाई अगाडि राखेका थिए। तर दोस्रो हाफमा खेलको दिशा परिवर्तन भयो। डुएले ५३ औं मिनेटमा निकोलस पेपेको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि उनले दिएको क्रसमा अमाद डियालोले गोल गर्दै आइभरी कोस्टलाई ऐतिहासिक जित दिलाए।
फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमा केही आक्रमक प्रयास गरेका थिए, तर दोस्रो हाफमा खेल सञ्चालनमा परिवर्तन आयो। फ्रान्सले पहिलो हाफमा खेल नियन्त्रणमा राखेको थियो। माइकल ओलिस र मार्कस थुरामले पनि केही राम्रो अवसरहरू सिर्जना गरे, तर गोलमा परिणत गर्न सकेनन्। विश्वकप अघि फ्रान्सविरुद्धको यस जितले आइभरी कोस्टको आत्मविश्वासमा ठुलो वृद्धी भएको छ। आइभरी कोस्टले जुन १५ मा इक्वेडरसँग प्रतिस्पर्धा गर्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ।

