सुरुवाती १० मिनेटभित्रै दुवै टोलीले १–१ गोल गर्दै खेललाई रोमाञ्चक बनाएका छन्। १२ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अमेरिका र टर्कीले प्रतिस्पर्धात्मक सुरुवात गरेका छन्। खेलको तेस्रो मिनेटमै अमेरिकाले अग्रता लिएको थियो। अमेरिकाका लागि अस्टिन ट्रस्टीले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए। त्यसपछि खेलको १०औं मिनेटमा टर्कीका अर्दा गुलरले टिमका लागि गोल फर्काएका छन्।

