किलियन एम्बाप्पे र अर्लिङ होलान: आफ्नो देशका लागि सबैभन्दा महत्वपूर्ण खेलाडी को हुन्?
बोस्टन रंगशालामा शुक्रबार फ्रान्स र नर्वे आमनेसामने हुँदा धेरैको ध्यान विश्व फुटबलका दुई चर्चित अग्रपङ्क्तिका खेलाडी किलियन एम्बाप्पे र अर्लिङ होलानतर्फ उन्मुख हुने छ। यी दुई स्टार स्ट्राइकरहरूको उत्कृष्ठ आक्रमण कौशलको सहयोगमा दुवै देशहरूले समूह चरणका आफ्ना दुई खेल जितिसकेका छन्। एम्बाप्पे र होलान दुवैले आफ्ना दुई-देखि-दुई खेलमा दुई-दुई गोल गरेका छन् र यस प्रतियोगितामा चार-चार गोल गरिसकेका छन्। ‘गोल्डन बूट’ प्रतिस्पर्धामा उनीहरूभन्दा अगाडि पाँच गोल गरेका अर्जेन्टिनाका लियोनेल मेस्सी मात्र रहेका छन्। फ्रान्स र नर्वे दुवै नकआउट चरणमा प्रवेश गरिसकेका छन् र दुवै समूह ‘आई’ को विजेताको भूमिकामा छन्। यो खेलले समूह विजेता निर्णय गर्नेछ।
विशेषज्ञहरूले विश्वकप प्रतिस्पर्धलाई अझ रोचक बनाएको यो अवस्थाले दुवै खेलाडी आफ्नो टिमका लागि कति महत्वपूर्ण छन् भन्ने विषय विश्लेषण गरेका छन्। उनीहरू कति महत्त्वपूर्ण छन्? दुवै आफ्नो क्लबका मुख्य खेलाडी हुन्। एम्बाप्पे र होलानको महत्व अन्तर्राष्ट्रिय मञ्चमा झनै बढेको छ। सन् २०२२ को अगस्टयता देखि फ्रान्सले एम्बाप्पे टिममा हुँदा ६९.८ प्रतिशत खेल जितेको छ। तर उनको अनुपस्थितिमा जितको प्रतिशत ५० मा झरेको छ। एम्बाप्पे फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् र आफ्नो टोलीलाई पनि थप आक्रामक बनाउने गर्न सक्ने खेलाडी हुन्। उक्त अवधिमा फ्रान्सेज टिमले औसतमा प्रतिखेल २.३ गोल गरेको छ जबकि एम्बाप्पे बिना त्यो औसत १.९ गोल रहेको छ।
नर्वेको सन्दर्भमा होलान अझ अनिवार्य बनिसकेको छ भन्ने कुरामा कुनै शंका छैन। सन् २०२२ को अगस्टयता देखि होलान टीममा हुँदा नर्वेले ६४.५ प्रतिशत खेल जितेको छ, जबकि उनको अनुपस्थितिमा यो प्रतिशत ३३.३ मा झरेको छ। दुवै खेलाडी मुख्य प्रतियोगिताको दबाबमा समेत अत्यन्त शान्त र केन्द्रित देखिन्छन्। मेस्सीमाथि सबैको नजर छ तर एम्बाप्पेले सर्वाधिक गोलकर्ताको कीर्तिमानमा उनलाई उछिन्ने सम्भावना लगभग पक्का छ। विश्वकपमा १६ खेल खेल्दै ३९ वर्षीय मेस्सीले १६ गोल गरेका छन्, जबकि एम्बाप्पे उनीभन्दा १२ वर्ष कान्छा छन्। अर्को विश्वकपमा मेस्सी सहभागी हुन सक्ने सम्भावना पूर्ण रूपमा समाप्त भने छैन, तर सम्भवतः यो उनको अन्तिम विश्वकप हुनेछ।
होलान आफ्नो पहिलो विश्वकप खेल्दैछन् र उनले टिमलाई सहजै जिततर्फ अघि बढाइरहेका छन्। उनले विश्वकपको इतिहासमा आफ्ना सुरुवाती दुई खेलमा एकभन्दा बढी गोल गर्ने छैठौँ खेलाडी बनेका छन् र विगत ५० वर्षमा यस कीर्तिमान बनाउने दोस्रो खेलाडी हुन्। सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केनले यस्तो उपलब्धि हासिल गरेका थिए। होलान अहिले शानदार फारममा छन्। उनले लगातार १२ अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा गोल गरिसकेका छन् र पछिल्ला छ खेलमा १६ गोल गरेका छन्। अन्तर्राष्ट्रियस्तरमा होलान अझ उत्कृष्ट गोलकर्ता हुन। एम्बाप्पेले १०० खेल खेलेर ६० गोल गरेका छन्, जबकि होलानले ४८ खेल कम खेलेर ५९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।
उनीहरूको खेल कस्तो छ? खेलमा कुन खेलाडी कस्तो स्थानमा हुन्छ भन्ने जनाउने ‘हीट म्याप’ले दुवै खेलाडीका रोचक पक्ष झल्काउँछ। आफ्नो क्लबको आक्रमण ‘मेट्रिक्स’मा एम्बाप्पेले शट, टच र अवसर सिर्जनामा होलानलाई पछाडि पारेका छन्, तर म्यान्चेस्टर सिटीका स्ट्राइकर होलानले सन् २०२५-२६ मा धेरै पासहरू प्रदान गरेको देखिन्छ। दुवै खेलाडीको ‘ड्रिब्लिङ’ संख्या पनि फरक देखिन्छ; यस विश्वकपमा एम्बाप्पेले १४ पटक ड्रिब्लिङ प्रयास गरेका छन् भने होलानले केवल एक पटक प्रयास गरेका छन्। तर अवसरमा गोल गर्ने हिसाबले होलान अघि छन्। चार क्लब सिजनका लीग खेलहरूमा उनले गरेका २३.४३ प्रतिशत प्रहार गोलमा परिणत भएका छन् भने एम्बाप्पेको यो प्रतिशत १८.२४ छ। यो सिजनमा एम्बाप्पेले यो अन्तरलाई सीमित बनाएका पनि छन्। रक्षात्मक योगदानको मामलामा एम्बाप्पे होलानभन्दा पछाडि छन्। विश्वका प्रमुख पाँच फुटबल लीगमा कम्तिमा ९०० मिनेट खेलेर योगदान गरेको तथ्यांक अनुसार रियाल मड्रिडका १,४८३ खेलाडीलाई हेर्दा उनी १,४८१ औं खेलाडी बनेका थिए।
होलानले नर्वेलाई कति पर पुर्याउँलान्? उनीहरूको तुलनात्मक महत्त्व हालै अन्तर्राष्ट्रिय गोलहरूमा भएको संलग्नता मार्फत पनि स्पष्ट देखिन्छ। सन् २०२२ को अगस्टयता देखि एम्बाप्पे फ्रान्सका ४४ प्रतिशत गोलमा संलग्न रहेछन्। उनले ३३ गोलमा प्रत्यक्ष योगदान दिएका छन् र १७ गोलका लागि सहयोगी बनेका छन्। त्यही अवधिमा होलानले ३९ गोलका लागि योगदान पु¥याए र चारवटा पास उपलब्ध गराए, जुन नर्वेका गोलमा ४३.९ प्रतिशत संलग्नता हो। यसपटक फ्रान्सले अझ महत्वाकाँक्षी लक्ष्य राखेको छ र प्रबल दावेदारको रुपमा हेरिएको छ। होलानले पनि शुक्रबार फ्रान्सलाई हराउने र अन्ततः विश्वकप जित्ने आफ्नो विश्वास प्रकट गरेका छन्।

