Skip to main content

अर्जेन्टिनाले इजिप्टविरुद्ध गोल फर्काउँदै खेललाई रोमाञ्चक बनायो

अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलमा दुई गोलले पछि परेको अर्जेन्टिनाले खेलका ७९औं मिनेटमा एक गोल फर्काएको छ। २३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध महत्वपूर्ण गोल गरेको छ। कप्तान लियोनल मेसीको पासमा क्रिस्टियन रोमेरोले हेडर मार्फत गोल गरेका हुन्। यस गोलसँगै अर्जेन्टिनाले खेलमा अझै एक गोलले पछि रहेको छ।