
डच क्लब अयाक्सले ३४ वर्षीय जर्मन गोलकिपर मार्क आन्द्रे टेर स्टेगनलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ। स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा आएका टेर स्टेगन सन् २०२७ जुन ३० सम्म अयाक्समा रहनेछन्। बार्सिलोनाले यस सम्झौताबारे जानकारी दिएको छ।
टेर स्टेगनले बार्सिलोनाका लागि ४२३ खेल खेलेका छन् र यस क्रममा २१ ट्रफी जितेका छन्। उनले सन् २०१५ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग उपाधि जितेका थिए। यसअघि, उनले स्पेनकै क्लब जिरोनामा लोनमा केही समय बिताएका थिए, जहाँ उनले चोटका कारण केवल दुई खेल मात्र खेलेका थिए।
टेर स्टेगनले जर्मन क्लब बवरुसिया म्युनिखेनग्ल्याडबाट आफ्नो व्यावसायिक करियर सुरु गरेर सन् २०१४ मा बार्सिलोनामा अनुबन्ध भएका थिए। उनले जर्मनीको राष्ट्रिय टोलीका लागि ४४ खेल खेलेका छन्।






