Skip to main content

एकताको सुन्दर संदेश

हिमालको सेतो हिउँले सौन्दर्यताको संदेश दिइरहेको छ। पहाडको कलकल झरनाले मित्रताको संदेश दिइरहेको छ। तराईका हरियाली फाँटले सम्पन्नताको संदेश दिइरहेको छ। नेपाल आमाले समुदायबीच ऐक्यबद्धताको संदेश दिइरहेको छ। बुद्ध, जनक भृकुटी र सीताले सत्यताको संदेश दिइरहेको छ। दशरथ, गंगा, भक्ति र दुर्गाले वीरताको संदेश दिइरहेको छ। स्वर्गद्धारी र मनोकामनाले धार्मिकताको संदेश दिइरहेको छ। नेपाल आमाले समुदायबीच समताको संदेश दिइरहेको छ। लालीगुराँस, गुलाब र चमेलीले विविधताको संदेश दिइरहेको छ। दौरा, फरीया र धोती, कुर्ताले मैलिकताको संदेश दिइरहेको छ। सिसम, टिका, सिसौ र सालले प्राकृतिक सौन्दर्यताको संदेश दिइरहेको छ।