कोसोभो संसद्मा कार्यवाहक प्रधानमन्त्रीमाथि विपक्षी सांसदद्वारा अण्डा प्रहार

कोसोभोमा विपक्षी सांसद टिमे काड्रिएले कार्यवाहक प्रधानमन्त्री एल्बिन कुर्टीमाथि कम्तीमा चारवटा अण्डा प्रहार गरेकी छन्। शनिबार संसद्को बैठकका क्रममा यो घटना भएको हो। कुर्टीले नयाँ सभामुखको चयनका लागि मतदान हुनुअघि अन्य दलसँग छलफल गर्ने थप समयको माग गरेका थिए।
युरोपको कान्छो प्रजातन्त्र भनिने कोसोभोमा राजनीतिक गतिरोध बढ्दै गएको छ र दुई वर्षभन्दा कम समयमा तीनवटा निर्वाचन सम्पन्न भइसकेका छन्।






